काठमाडाैं । ज्योति लाइफ इन्स्योरेन्सले यस अघि प्रस्तावित लाभांश संशोधन गरेको छ । कम्पनीले बीमा समितिको निर्देशन अनुसार यस अघिप्रस्ताव गरेको लाभांश संशोधन गरेको हो ।
कम्पनीले यस अघि ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन सहित ५.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको थियो ।
कम्पनीले अब १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
बीमा समितिले पूँजी बढाउन नगद लाभांश रोक्न बीमा कम्पनीहरुलाई निर्देशन दिएपछि कम्पनीले लाभांश संशोधन गरेको हो ।