images
images

माैसम अझै ३ दिन नखुल्ने, वर्षा र हिमपातकाे सम्भावना


  • 471
    SHARES
  • २०७८ माघ ९ गते आइतबार

    माैसम अझै ३ दिन नखुल्ने, वर्षा र हिमपातकाे सम्भावना

    काठमाडौं । केही दिनदेखि खराब भएकाे माैसम अझै ३ दिन नसुध्रिने भएकाे छ । माैसममा मंगलबारदेखि मात्रै सुधार आउने जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ । याे अवधिमा अधिकांश भूभागमा घाम नलाग्ने, कतै वर्षा र कतै हिमपातकाे सम्भावना रहेकाे जनाइएकाे छ ।

    शनिबार बिहानदेखि नेपाल प्रवेश गरेको नयाँ पश्चिमी न्यूनचापीय प्रणालीका कारण शनिबार नेपालको पश्चिमी भेग बढी प्रभावित रह्यो ।

    अन्य क्षेत्रमा आंशिक बदलीको अवस्था कायम भएको थियो तर अपराह्नदेखि मध्य तथा पूर्वी नेपालका धेरै जस्तो भेगमा बदली बाक्लो बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    आइतबार र सोमबार देशव्यापी रूपमा बदलीको चाप बढ्नेछ । सो अवधिमा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र अन्य प्रदेशका पनि थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    उच्च हिमाली र उच्च पहाडी भेगमा हिमपात हुनेछ । मौसम बदली थपिँदा थप चिसो महसुस गरिएको छ । अधिकतम तथा न्यूनतम दुवैथरी तापक्रममा गिरावट आएको छ । जसका कारण देशका केही स्थानको जनजीवनमा बढी असर परेको छ ।


    images
    images

    Logo