images
images

कमजोर भनिएका बैंकको उत्कृष्ट पर्फमेन्स : मर्जरमा बार्गेनिङ पावर कति बढ्ला ? 


  • 4.6K
    SHARES
  • २०७८ माघ ८ गते शनिबार

    कमजोर भनिएका बैंकको उत्कृष्ट पर्फमेन्स : मर्जरमा बार्गेनिङ पावर कति बढ्ला ? 

    काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जर भाँडिएपछि यतिबेला यी बैंकहरु मर्जरमा लागि पार्टनरको खोजीमा छन् । मर्जर भाँडिएसँगै राष्ट्र बैंकको कारबाहीमा परेका बैंकहरु कारबाहीबाच बच्नको लागि अर्को बैंकसँग मर्जरको सम्झौता गरिहाल्नुपर्ने अवस्थामा छन् । 

    त्यसो त, देशकै सबैभन्दा उत्कृष्ठ मानिएको नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्ने सम्झौता गरेसँगै यसको दबाब पनि अरु बैंकमा परेको छ । मर्जरपछि बन्ने बैंकसँगको प्रतिस्पर्धाकै लागि आफूलाई सक्षम बनाउन पनि आफूलाई बलियो बनाउनुपर्ने छ । यसका लागि मर्जरमार्फत् सिनर्जी ल्याउने बाहेक दोस्रो विकल्प छैन । सोही कारण ठूला भनिएका बैंकले सामन भनिएका बैंकसँग मर्जरका लागि कुराकानी चलाइरहेको बताउन थालेका छन् । 

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकहरुले वित्तीय विवरण प्रकाशन गरे । विवरण अनुसार ठूला भनिएका बैंकहरुको नाफाको अवस्था यसपालि उत्साहजनक देखिएन । यसअघि तुलनात्मक रुपमा कमजोर मानिएका सिभिल बैंक, सेञ्चुरी बैंक एनसीसी बैंक लगायत बैंकहरुले यो अवधिमा निकै उत्साहजनक रिपोर्ट प्रकाशन गरे । यो अवधिमा सिभिल बैंकले झन्डै १ सय ४८ प्रतिशतको वृद्धि गर्यो । सेञ्चुरीले ५४ प्रतिशत र एनसीसीले ४८ प्रतिशतको वृद्धि हासिल गरे । 

    यो वृद्धिसँगै सम्बन्धित बैंकका लगानीकर्ता उत्साहित भएका छन् । सम्भवतः भोलिको शेयर बजारमा यो उत्साहको संकेत समेत देखिनेछ । यता ठूला भनिएका बैंकहरुको नाफा वृद्धि भने यो अवधिमा निकै कम छ । 

    बलिया बैंकहरुको ग्रोथमा आएको कमी र कमजोर बैंकहरुमा आएको सुधारको यो अवस्थाले मर्जरको कुराकानीमा कस्तो प्रभाव पार्ला ? यतिबेला लगानीकर्ताहरु यसबारे चासो राख्न सुरु गरेका छन् ? 

    ‘साना’ बैंकको बढ्ला बार्गेनिङ पावर ?

    बैंकिङ विश्लेषक अनलराज भट्टराई अहिलेको रिपोर्टको आधारमा कमजोर मानिएका बैंकहरुको बार्गेनिङ पावर बढ्छ भन्ने आफूलाई नलाग्ने बताउँछन् । बैंकहरुको मर्जरमा दीर्घकालीन सूचकका आधारमा स्वाप रेसियो लगायत विषयमा सम्झौता हुने भएकोले एउटा त्रैमासमा देखिएको कमजोर र बलियो अवस्थाले यसमा प्रभाव नपार्ने उनको तर्क छ । 

    उनले दोस्रो त्रैमासले यही वर्षको समेत वास्तविक चित्र देखाउन नसक्ने भएकोले यसका लागि तेस्रो र चौथो त्रैमास कुर्नुपर्ने बताए । यद्यपि अहिलेको रिपोर्टले साना बैंकहरुले समेत प्रगतिको लागि मिहिनेत गरिरहेको संकेत भने दिएको उनको भनाइ छ । 


    images
    images

    Logo