images
images

एकैदिन थपिए १० हजार २ सय ५४ संक्रमित, थप १६ को मृत्यु


  • 266
    SHARES
  • २०७८ माघ ८ गते शनिबार

    एकैदिन थपिए १० हजार २ सय ५४ संक्रमित, थप १६ को मृत्यु

    काठमाडौँ । देशभर थप १० हजार २ सय ५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १ सय ८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २ सय १२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।


    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् । हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् ।

     नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २ सय ८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । देशभर हाल ७२ हजार ८ सय ६२ जना सक्रिय सङ्क्रमित रहेका छन् ।मन्त्रालयका अनुसार थप १ लाख ९६ हजार ८ सय ५७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।


    images
    images

    Logo