images
images

जोरबिजोर प्रणाली ‘निम्छरा’लाई मात्रै


  • 1.4K
    SHARES
  • २०७८ माघ ८ गते शनिबार

    जोरबिजोर प्रणाली ‘निम्छरा’लाई मात्रै

    काठमाडौं । काठमाडौं उपत्यकामा गत राती १२ बजेदेखि जोरबिजोर प्रणाली लागु भएको छ । जसअनुसार जोर गते जोर नम्बर भएका सवारीसाधन र बिजोर गते बिजोर नम्बरप्लेटका सवारीसाधन चलाउन सुरु भएको छ । 

    उपत्यकाका तीनवटै प्रशासनले बिहीबार जोरबिजोरसम्बन्धी आदेश जारी गरेको थियो । तर, सो आदेशलाई थप स्पष्ट पार्दै शुक्रबार प्रशासनले विभिन्न प्रकारका सवारी साधनमा जोरबिजोर नलाग्ने उल्लेख गर्यो । 

    हेर्नुहोस्, कुन कुन सवारीलाई जोरविजोर लाग्दैन ।

    af.jpg

    सरकारले जोरबिजोर नलाग्ने भनेर तोकेका सवारी साधनलाई नियाल्ने हो भने निजी प्रयोजनका अधिकांश सवारी साधन याे दायराबाट बाहिर हुन्छन् । यसअनुसार सरकारी कर्मचारीका व्यक्तिगत सवारी, सरकारी नम्बरप्लेटका कुनै पनि सवारी, सार्वजनिक संस्थानका कर्मचारीका व्यक्तिगत सवारी, सार्वजनिक संस्थानका सवारी, दुरसञ्चार क्षेत्र र बैंक तथा वित्तीय संस्थाका कुनै पनि सवारीलाई जोर बिजोर लाग्दैन । 

    त्यस्तै, खाद्यान्न, फलफूल, तरकारी, पेट्रोलियम पदार्थ, पशुपंक्षीका दाना लागयत बोकेका सवारीसाधनलाई परिचयपत्र नै नभए पनि निर्वाध रुपमा चल्न दिइनेछ । 

    यसअघिदेखि नै अत्यावश्यक मानिएका दमकल, एम्बुलेन्स, सुरक्षा निकाय, कुटनीतिक नियोगका सवारीसाधन, शववाहन, कुरियर कार्गो तथा पत्रकार एवं मिडियाका सवारीसाधनलाई पनि सञ्चालन अनुमति दिइएको छ ।

    उल्लेखित सबैलाई हेर्ने हो भने कुनै पनि सवारी साधन यो दायरा बाहिर नपर्ने सरोकारवालाहरु बताउँछन् । अखिल नेपाल यातायात मजदूर संघका वरिष्ठ उपाध्यक्ष दीपक केसी सार्वजनिक सवारी साधनमा काम गर्ने निमुखा नागरिकका लागि मात्रै प्रशासनले जोरबिजोरको डन्डा चलाएको बताउँछन् ।

    ‘अहिलेको जोर बिजोरले सार्वजनिक सवारीको क्षेत्रमा काम गरेका र दिनदिनै कमाएर गुजारा गर्नुपर्ने वर्ग मात्रै प्रभावित भएका छन्,’ उनले भने, ‘यहाँ प्लेनलाई केही अवरोध हुँदैन । निजी सवारीलाई केही अवरोध हुँदैन, सार्वजनिक क्षेत्रमा काम गर्ने मजदूरलाई मात्रै अवरोध प्रयास गरिन्छ, यो दुर्भाग्य हो ।’ 

    अहिले क्रियाशील चारवटै मजदूर संगठन विद्यमान जोरबिजोर प्रणालीको विरोधमा रहेको भन्दै उनले आफूहरुसँग सल्लाह नै नगरी नेपाल यातायात राष्ट्रिय व्यवसायी महासंघले प्रशासनसँग गएर ‘सरकारको निर्णय मान्छौं’ भन्दै फर्किएको समेत उनले आरोप लगाए ।  

    प्रशासनको आदेश हेर्दा पनि त्यस्तै देखिन्छ । कि त यो आदेशले दैनिक श्रम गरेर गुजारा गर्ने श्रमजीवी वर्गलाई असर गर्छ, कि त प्रशासनको आदेश अन्तर्गत खुला गरिएका क्षेत्रमा नपर्ने सीमित ‘निम्छरा’ वर्गलाई । 


    images
    images

    Logo