images
images

सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता


  • 304
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    सरकारद्वारा ७४ अर्ब ९३ करोड वैदेशिक सहायता सम्झौता

    काठमाडौं । मुलुकको द्रुततर विकासका लागि अन्तरराष्ट्रिय आर्थिक सहायता परिचालन गर्ने नीतिअनुसार सरकारले बितेका ६ महिनामा  ७४ अर्ब रुपैयाँ वैदेशिक सहायता सम्झौता गरेको छ । 

    आफ्नो नेतृत्वमा पाँच राजनीतिक दलको समर्थन र सहभागितमा गठन भएको सरकारले छ महिना पूरा गरेको सन्दर्भमा आज राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तरराष्ट्रिय मुद्राकोषबाट  ४७ अर्ब २० करोड रुपैयाा  ‘बजेटरी’ सहयोग र खोपको लागि रकम व्यवस्था गर्न विश्व बैंक र एशियाली विकास बैंकबाट २७ अर्ब ७३ करोड सहायता प्राप्त गर्ने सम्झौता भएको बताए ।

    चालु आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयााराजश्व सङ्कलन गर्ने लक्ष्य रहेकोमा  पुष मसान्तसम्म ५ खर्ब ७६ अर्ब २४ करोड रुपैयाँ राजश्व सङ्कलन भएको जानकारी दिँदै प्रधानमन्त्रीले सङ्घ सरकारको सार्वजनिक खर्चतर्फ १६ खर्ब ३२ अर्ब ८२ करोड वार्षिक बजेटमध्ये पुस मसान्तसम्म ५ खर्ब ६ अर्ब ७८ करोड खर्च भएको बताए ।

     


    images
    images

    Logo