images
images

स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने


  • 311
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने

    काठमाडौँ — स्थानीय तह निर्वाचनबारे सत्ता गठबन्धनले कानुन विज्ञसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बेलुकी बसेको  गठबन्धन उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले  तह निर्वाचनबारे कानुन विज्ञसँग छलफल  गर्ने निर्णय गरेको हो ।

    स्थानीय तह निर्वाचनबारे कानुनी अस्पष्टता देखिएको भन्दै संविधान र कानुनका विज्ञहरुसँग छलफल गर्ने निर्णय भएको सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

    राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले भनिन् विधानमा स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल सकिएको ६ महिनाभित्र अर्को निर्वाचन गर्ने भन्ने छ तर निर्वाचन ऐनमा भने कार्यकाल सकिनु २ महिनाअगावै निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । कुन कुरालाई मान्ने भन्ने विषयमा संविधान र कानुनका विज्ञसँग छलफल गर्ने बैठकमा निर्णय भयो ।

    उपाध्यक्ष पौडेलका अनुसार विज्ञहरुसँगको छलफल दुई दिनभित्रै हुनेछ । कानुनभन्दा संविधान ठूलो हो, त्यसलाई नै मान्नुपर्छ भन्ने बैठकमा कुरा उठेकोले ऐनको व्यवस्थालाई के गर्ने भन्ने विषयमा विज्ञहरुको राय लिने सहमति भएको उपाध्यक्ष पौडेलले बताइन् ।

     


    images
    images

    Logo