images
images

आईओसीलाई बुझाउन नपुगेपछि निगमले झिक्यो ७ वर्षदेखि जम्मा गरेको पैसा


  • 1.1K
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    आईओसीलाई बुझाउन नपुगेपछि निगमले झिक्यो ७ वर्षदेखि जम्मा गरेको पैसा

    काठमाडौं । सञ्चित नाफा सकिएर भारतीय आयल कर्पोरेसन (आईओसी) लाई तिर्ने पैसा नभएपछि नेपाल आयल निगमले मूल्य स्थिरीकरण कोषको रकम चलाएको छ । 

    निगम अन्तर्गतको मूल्य स्थिरीकरण कोष सञ्चालक समितिको बैठकले आईओसीलाई भुक्तानी गर्न अपुग हुने १ अर्ब ८८ करोड रुपैयाँ झिक्ने निर्णय गरेको हो ।

    निगमले आईओसीलाई पर्सि आइतबार १३ अर्ब रुपैयाँ भुक्तानी गर्दैछ । त्यसमध्ये १ अर्ब ८० करोड कोषबाट भुक्तानी गर्न लागिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    कोषमा यसअघि ८ अर्ब रुपैयाँ थियो । त्यसमध्ये १ अर्ब ८० करोड रुपैयाँ भुक्तानी भएपछि अब ६ अर्ब २० करोड बाँकी रहन्छ ।


    images
    images

    Logo