images
images

२३ हजार परीक्षणमा गर्दा १० हजारभन्दा बढी सङ्क्रमित


  • 249
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    २३ हजार परीक्षणमा गर्दा १० हजारभन्दा बढी सङ्क्रमित

    काठमाडौँ । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २३ हजार ९२ परीक्षण गर्दा १० हजार ७ सय ३ मा सङ्क्रमण पुष्टि भएको हो । 

    सक्रिय सङ्क्रमितको सङ्ख्या ६५ हजार ३ सय ७४ पुगेको छ । पछिल्लो समय थप ७ सय ६६ सङ्क्रमणमुक्त भएका छन् । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ८ लाख १९ हजार ५ सय ७५ पुगेको छ । सङ्क्रमणमुक्त हुने दर  ९१.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

    विगत २४ घण्टामा ३ जनाको सङ्क्रमणको कारणले मृत्यु भएको छ । अहिलेसम्म ११ हजार ६ सय ३५ को सङ्क्रमणका कारणले मृत्यु भएकोे छ । 

    ५ सय र २ सय भन्दाबढी सङ्क्रमण भएको जिल्ला १५र१५ पुगेको छ । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, बाँके, रुपन्देही र कैलाली रहेका छन् । यस्तै २ सय  भन्दाबढी सङ्क्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सत्तरी, सर्लाही, सिराहा, नुवाकोट, धादिङ, गोरखा, तनहु, स्याङजा, वागलुङ, दाङ, सुर्खेत र कन्चनपुर रहेका छन् । 

    नेपालमा सङ्क्रमण दर १७.६ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा ६३  हजार ७ सय ३४, संस्थागत आइसोलेशनमा १ हजार ६ सय ४०, आइसियुमा १ सय ९४ र भेन्टिलेटरमा ३५को उपचार हुँदैछ । 


    images
    images

    Logo