images
images

प्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन : निर्वाचनको मिति घोषणा किन भएन ?


  • 746
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    प्रधानमन्त्रीद्वारा राष्ट्रको नाममा सम्बोधन : निर्वाचनको मिति घोषणा किन भएन ?

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज राष्ट्रको नाममा सम्बोधन गरेका छन् । उनले शुक्रबार अपराह्न सम्बोधन गर्दै आफू नेतृत्वको सरकारले यो अवधिमा गरेका कामको सम्बन्धमा उल्लेख गरेका छन् । 

    उनले यो अवधिमा लोकतन्त्रलाई सुदृढीकरण गर्ने काम गरेको, जनतालाई कोरोनाभाइरसको खोप सहज रुपमा उपलब्ध गराएको तथा विकास निार्मणसम्बन्धी काममा समेत उल्लेख्य प्रगति भएको उल्लेख गरेका छन् । 

    यो अवधिमा १७७ किलोमिटर सडक, २८ वटा पुल बनेको देउवाको भनाइ छ । त्यस्तै, ३३८ किलोमिटर अप्टिकल फाइबर विच्छ्याइएको र ७९ किलोमिटर ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार गरिएको उनको दाबी छ । 

    त्यस्तै, विभिन्न हिमाली गन्तव्यहरुमा ९ सय १५ किलोमिटर पदयात्रा मार्ग निर्माण गरिएको उनले जानकारी दिए । मंसिर १ गतेदेखि जारी गरिएको विद्युतीय राहदानी २२ हजारलाई र इम्बोष्ट नम्बर प्लेट १ हजार ६ सयलाई उपलब्ध गराइएको समेत उनले उल्लेख गरे । 

    उनले निर्वाचनको तयारीमा लाग्न सबैलाई आह्वान गरे पनि निर्वाचनको मिति भने घोषणा गरेनन् । अहिले कुन निर्वाचन कहिले गर्ने भन्नेबारे सत्तारुढ गठबन्धबीचमा एकमत छैन । गठबन्धनका नेताबीच पटक पटक भएको छलफल समेत निष्कर्षमा नपुग्दा देउवाले सम्बोधनमार्फत् निर्वाचनको मिति घोषणा गर्न नसकेका हुन् । 


    images
    images

    Logo