images
images

खोप सकिएपछि भेरोसेलको बुस्टर डोज स्थगित


  • 298
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    खोप सकिएपछि भेरोसेलको बुस्टर डोज स्थगित

    काठमाडौं । काठमाडौं जिल्लामा बुस्टर डोज खोप कार्यक्रम स्थगित भएको छ । भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिन कार्यक्रम रोकिएको स्वास्थ्य कार्यलयका प्रमुख शम्भु काफ्लेले जानकारी दिए । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।

    काठमाडौं  जिल्लामा करिब २६ लाख जनाले भेरोसेल खोप लगाएका छन् । करिब १३ लाखले जनाले ६ महिनाअघि नै खोप लगाएका थिए । जसमध्ये करिब  ४ लाख जनाले बुस्टर खोप दिइनुपर्ने प्रमुख काफ्लेले बताए । 

    काठमाडौंमा करिब ५० हजार जनाले मात्रै बुस्टर डोज लगाइएको उनले बताए । उनले भने, ‘काठमाडौंका विभिन्न अस्पताल तथा खोप केन्द्रले भेरोसेल मागे पनि दिन सकिएको छैन ।’ कोरोनाविरुद्धको कोभिशिल्डको बुस्टर डोज कार्यक्रम भने सञ्चालन भइरहेको  प्रमुख  काफ्लले बताए ।

     


    images
    images

    Logo