काठमाडौं । भन्सार विवभागले आह्वान नै नगरेको भन्सार परीक्षा स्थगित गरेको छ । शुक्रबार सूचना जारी गर्दै विभागले आह्वान नै नगरी भन्सार एजेन्टको परीक्षा स्थगित गरिएको हो ।
विभागले स्थगित गरिएको सूचनामा माघ २९ गतेका लागि सो परीक्षा गर्ने तय गरिएको उल्लेख गरेको छ । यद्यपि यसको औपचारिक सूचना यसअघि प्रकाशन भएको थिएन । अघिल्लो वर्ष चैतमा विभागले भन्सार ऐजेन्टमा लागि फर्म खुलाएको थियो ।
तर, विद्यमान भन्सार एजेन्ट र सहयोगीको अदालती प्रक्रिया एवं कोरोना महामारीका कारण परीक्षा हुन सकेको थिएन । अहिले एजेन्टका लागि १० हजार भन्दा धेरैले आवेदन दिएर परीक्षाको तयारीमा छन् ।