images
images

यस्ता सवारी साधनलाई जोर बिजोर प्रणली लागु हुने छैन (सुचनासहित)


  • 579
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    यस्ता सवारी साधनलाई जोर बिजोर प्रणली लागु हुने छैन (सुचनासहित)

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सवारी साधनमा आज राती १२ बजेबाट जोर बिजोर प्रणली लागु गरेको छ । जस अनुसार सार्वजनिक र निजी सवारी साधनहरु (दुई पांग्रे सहित( काठमाडौँ उपत्यका भित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्न पाईने छ । 

     तर औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, सवारीलाई भने जोर बिजोर प्रणाली लागू  हुने छैन ।  त्यस्तै,  ग्याँस, पेट्रोलियम पदार्थ बोक्ने खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, पानी, अन्डा, माछामासु, पशुपंक्षीका दाना, एवं कृषि तथा पशुजन्य सामग्रीहरु बोक्ने सवारी साधन (चालक र सहचालक मात्र) लाई पनि जोर बिजोर प्रणाली लागू नहुने प्रशासनले जनाएको छ । 

    निर्माण सामग्री बोक्ने सवारी साधन परिचयपत्रको आधारमा सरकारी कर्मचारी, चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सार्वजनिक संस्थानका कर्मचारीले प्रयोग गर्ने सवारी साधन, परिचयपत्रको आधारमा बैक बीमारबित्तीय संस्थारवायुसेवा कम्पनीरडाक तथा कुरीयर सेवारदूर सञ्चार सेवा प्रदायक निकायका कर्मचारीले प्रयोग गर्ने सवारी साधनहरुलाई जोर बिजोर प्रणाली लागू नहुने उल्लेख गरिएको छ । 

    सूचना तथा प्रशारण विभागवाट जारी प्रेस पासरपत्रकार परिचयपत्र रहेका संचारकर्मीले प्रयोग गरेका सवारी साधन, सरकारी सवारी साधन, कुटनैतिक नियोगका सवारी साधनलाई जोर बिजोर प्रणाली लागू  हुने छैन । 

    ७_गते_थप_सूचना.jpeg


    images
    images

    Logo