काठमाडौं । कृषि विकास बैंकको ५५ औं वार्षिक उत्सव मनाएको छ । शुक्रबार अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले समारोहको भव्यताका साथ भर्चुअल माध्यमबाट उद्घाटन गरे । समारोहका प्रमुख रहेका उनले बैंकको ५५ औं वार्षिक उत्सवको अवसरमा प्रकाशित भएको बैंक समाचार स्मारिका पुस्तकको विमोचन समेत गरे ।
सो अवसरमा शर्माले कृषि विकास बैंकले स्थापना कालमा लिएको प्रमुख उद्देश्यबाट विचलन नभै कृषिलाई पहिलो प्राथामिता दिई कर्जा प्रवाह गर्ने र नेपाल सरकारले अगाडि सारेका लोक कल्याणकारी कार्य र उत्पादनमुखी कार्यलाई समेत प्राथमिकता दिई समग्र वाणिज्य बैकिङ्ग व्यवसाय सञ्चालन गर्न निर्देशन दिए ।
कार्यक्रमका नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले कृषि विकास बैंक पछिल्लो समय ‘क’ वर्गको वाणिज्य बैंकको रुपमा सञ्चालन भएता पनि कृषिलाई पहिलो प्राथमिकता दिएर नै आफनो बैकिङ्ग व्यवसाय सञ्चालन गरेको बताउँदै कृषि विकास बैंकलाई कृषि क्षेत्रको लिड बैंकको रुपमा रहने गरी कृषि वण्ड जारी गर्ने अवसर प्रदान गरेको बताए ।
हाल बैंक कृषि बण्ड जारी गरि सकेको छ । किसानहरुको सुविधाका लागि किसान क्रेडिट कार्डको व्यवस्था गरेको र आगामी दिनहरुमा वाणिज्य बैकिङ्ग लगायत कृषि र किसानको प्रगतिका लागि समेत टेवा पुग्ने खालका कार्यक्रम सञ्चालन गर्न निर्देशन दिए ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार कृषि विकास बैंकले करिब १५ लाख निक्षेपग्राहीको १ खर्ब ५८ अर्ब निक्षेप संकलन गरेको, १ लाख ५६ हजार कर्जाग्राहीलाई करिब १ खर्ब ७५ अर्ब कर्जा प्रवाह गरेको तथ्यांक प्रस्तुत गरे । यसमध्ये करिब ४० प्रतिशत कृषि क्षेत्रमा कर्जा प्रवाह गरेको समेत उनले जनााकरी दिए ।
अहिले बैंकले सुन धितो कर्जा, सुन खरिद बिक्री, बिदेशी मुद्रा खरिद बिक्री, लकर सेवा, प्रतितपत्र कारोबार , ट्रष्ट रिसिप्ट कर्जा, जमानत कारोवार, शेयरधितोमा कर्जा तथा एटिएम सेवा, एसएमएस अलर्ट सेवा, भिजा कार्ड, मोबाईल बैंकिङ्ग सेवा, एडिबिल रेमिट, आईपीएस सेवा तथा कनेक्ट आईपीएस, अनलाईन बैंकिङ्ग खाता खोल्ने, आरटीजीएस, आस्बा, डिम्याट, इन्टरनेट बैकिङ्ग सेवा, फाइभ इन वान सेवा, क्यूआर टेलर सेवा, मोवाईल बैंकिङ्ग लागयत सेवा प्रदान गरिरहेको समेत उनले बताए ।
यी सेवामार्फत् आफ्ना ३ लाख भन्दा बढी शेयरधनीलाई २१ प्रतिशतको प्रतिफल उपलव्ध गराउन सफल भएको भन्दै सीईओ उपाध्यायले बैंकलाई प्रत्यक्ष एवं परोक्ष रुपमा सहयोग पुर्याउने नेपाल सरकार, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज लगायत विभिन्न निकाय, एशियाली विकास बैंक तथा अन्य दातृ निकायहरुप्रति आभार व्यक्त गरे ।
आजको समारोहमा २० वर्ष र २५ वर्ष सेवा अवधि पूरा गर्ने कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।



