images
images

केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट


  • 503
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    केजी इन्टरकन्टिनेन्टलले ल्यायो विन्टर अफर, एसवाईएम मोटरसाइकलमा विशेष छुट

    काठमाडौं । केजी इन्टरकन्टिनेन्टलले विन्टर अफर ल्याएको छ । कम्पनीले नेपाली बजारमा बिक्री वितरण गरिरहेको एसवाईएम मोटरसाइकलमा यो अफर अन्तर्गत विशेष छुट प्रदान गरेकाे हो । 

    माघ ९ गतेबाट यो अफर देशभरका सबै शोरुममा लागु हुने इन्टरकन्टिनेन्टलले जनाएको छ। यो अफर माघ अन्तिमसम्म मात्रै लागु हुनेछ । अफर अन्तर्गत एसवाईएमको एनएचटी २०० बाइक खरिद गर्दा ग्राहकले नगद १० हजार रुपैयाँ छुट पाउनेछन् । त्यस्तै कम्पनीले एक्स्चेन्ज गर्ने ग्राहकको सुविधालाई मध्यनजर गर्दै पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्य भन्दा अतिरिक्त १५ हजार रुपैयाँ थप
    मूल्यांकन गरिने बताइएको छ । 

    नेपाली बजारमा एसवाईएमको एनएचटी २०० बाइक लोकप्रिय बन्दै गइरहेको र यो अफरले ग्राहकहरु अझै बढी आकर्षित हुने कम्पनीले विश्वास रहेको छ  । काठमाडौंमा कमलपोखरी, टेकु, चाबहिल र बनेपा तथा संखुवासभा, इलाम, पोखरा, चितवन एसवाईएमको शोरुम सञ्चालनमा आएको जनरल म्यानेजर प्रमिला खत्रीलेजानकारी दिइन् । 

    एसवाईएम ताइवानको कम्पनी हो । यो ब्राण्ड अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय रहेको खत्रीले बताइन् ।यो बाइक १ सय ८३ सिसीमा बजारमा उपलब्ध छ । एफआई इन्जिन, लिक्विड कुलिङ इन्जिन, सिट हाइट ८ सय १०एमएम, फ्युल ट्याङक ११ लिटर लगायतका विशेषता यसमा छन् । अत्याधिक पावर १३.५ किलोवाट, ८ हजार ५ सय  आरपिएम, अत्याधिक टर्क १५.७ एमएम र ७ हजार ५ सय  आरपिएम छ । ६ वटा गियर स्पिड, डवल च्यानल एबिएस ब्रेकिङ सिस्टम लगायतका विशेषता यो मोटरसाइकलमा रहेका छन् ।
    अगाडिको टायर साइज १ सय/९०–१९ र पछाडिको टायर साइज १ सय ३०/८०–१७ रहेको खत्रीले जानकारी दिइन् । यो बाइकमा फुल एलइडी लाइट छ । १ सय २५ किमी पर आवर हाइस्पिड क्षमता छ । बाइकको माइलेज पनि राम्रो रहेको कम्पनीले जनाएको छ ।

    यो बाइकको मूल्य नेपाली बजारमा ६ लाख २५ हजार रुपैयाँ तोकिएको छ । रेड, ब्राउन, ब्लु र ब्ल्याक कलरमा बाइक उपलब्ध छ । स्पेयर्स पार्टससमेत नेपाली बजारमा ग्राहकले सुपथ मूल्यमा प्राप्त गर्नसक्ने खत्रीले जानकारी दिइन् । 

    बिक्री पछिको सेवालाई मध्यनजर गर्दै पाँच ठाउँमा कम्पनीले सर्भिस सेन्टर सञ्चालनमा ल्याइसकेको छ । एक वर्षभित्र नेपाली बजारमा एक हजार बाइक बिक्री गर्ने कम्पनीले लक्ष्य लिएको छ ।


    images
    images

    Logo