काठमाडौं । राष्ट्रिय स्तरका ८ वटै बैंकको चालु आर्थिक वर्षको पहिलो ६ महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ । प्रकाशित विवरण अनुसार ८ विकास बैंकमध्ये ६ बैंकको नाफा प्रतिशत दोहोरो अंकले वृद्धि भएको छ भने २ वटा बैंकको नाफा घटेको छ ।
यो अवधिमा यी बैकहरुले कुल ३ अर्ब ३५ करोड नाफा कमाएका छन् । यो अघिल्लो वर्षभन्दा झन्डै ५० करोड अर्थात् १७.५८ प्रतिशत बढी हो ।
यसपटक सबैभन्दा धेरै नाफ वृद्धि गर्ने बैंक सांग्रिला बनेको छ । सो बैंकले आफ्नो नाफा झन्डै ५८ प्रतिशतले बढाएर २६ करोड १८ लाख पुर्याएको छ ।
त्यस्तै, लुम्बिनी विकास बैंकको नाफा ३४ प्रतिशतले वृद्धि भएर ३५ करोड १७ लाख पुगको छ ।
उता, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा पनि ३४ प्रतिशतले नै बढेको छ । यो अवधिमा सो बैंकले ४९ करोड ८३ लाख रुपैयाँ नाफा कमाएको छ ।
महालक्ष्मी विकास बैंकको नाफा ३१ प्रतिशत भन्दा धेरैले बढ्दा नाफक ४५ करोड ६२ लाख रुपैयाँ पुगेको छ । उता गरिमा विकास बैंकको नाफा पनि २५ प्रतिशतले बढेर ४९ करोड २९ लाख पुगेको छ ।
ज्योति विकास बैंकले पनि दोहोरो अंकमै नाफा बढाए पनि यस्तो नाफा वृद्धि १२ प्रतिशत मात्रै छ । ६ महिनाको अवधिमा ज्योतिले ३४ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।
मुक्तिनाथ विकास बैंकको नाफा भने यसपटक सामान्य घटेको छ । यस बैंकले यो अवधिमा ६० करोड २४ लाख रुपैयाँ नाफा कमाएको छ ।
सबैभन्दा धेरै नाफा घट्ने बैंक कामना सेवा बनेको छ । कामना सेवाको नाफा ११ प्रतिशत भन्दा बढीले कमी आई ३४ करोड ३६ लाखमा झरेको छ ।
| Bank | This Year | Previous Year | Change | Change% |
| Shangrila Development Bank | 261822472 | 164805151 | 97017321 | 58.868 |
| Lumbini Bikas Bank | 351744582 | 261885397 | 89859185 | 34.312 |
| Shine Resunga Development Bank | 498335723 | 371683240 | 126652483 | 34.075 |
| Mahalaxmi Bikas Bank | 456292809 | 346871246 | 109421563 | 31.545 |
| Garima Bikas Bank | 492953957 | 393590041 | 99363916 | 25.246 |
| Jyoti Bikas Bank | 344016132 | 305599689 | 38416443 | 12.571 |
| Muktinath Bikas Bank | 602406197 | 615573502 | -13167305 | -2.139 |
| Kamana Sewa Bikas Bank | 343681754 | 390047752 | -46365998 | -11.887 |
| Total | 3351253626 | 2850056018 | 501197608 | 17.586 |



