images
images

फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार लागि टेलिकम र साइबरनेटिक्सबीच सम्झौता


  • 280
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार लागि टेलिकम र साइबरनेटिक्सबीच सम्झौता

    काठमाडौँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल टेलिकमले फोरजी एलटीई नमस्ते वाइफाइ विस्तार गर्ने भएको छ । 
     
    कम्पनीले फोरजी एलटीई नमस्ते वाइफाइ सेवाका विभिन्न आकर्षक प्याकेज उपलब्ध गराइरहेको छ । कम्पनीले उपलब्ध गराइरहेका यी प्याकेज आवश्यक डिभाइससहित उपभोक्तालाई सहजरुपले प्राप्त होस् भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रालिबीच सम्झौता भएको छ । 

    सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत सङ्गीता पहाडी र साइबरनेटिक्स प्रालिका सिइओ जेम्स न्याछ्योले हस्ताक्षर गरेका छन् । 

    फोरजी एलटीई नमस्ते वाइफाइमार्फत नेपाल टेलिकमले हाल व्यक्तिगत प्याकेज र संस्थागत प्याकेज उपलब्ध गराइरहेको प्रवक्ता राजेश जोशीले जानकारी दिए । व्यक्तिगत प्याकेजअन्तर्गत होम ब्रोडब्यान्ड वेसिक ८ सय रुपैयाँ मा ६० जिबी ३० दिनका लागि उपलब्ध छ । 

    त्यसैगरी १ वर्षका लागि  ९ हजार रुपैयाँमा ७२० जिबी प्याक उपलब्ध छ । यसलाई प्रतिमहिना ६० जिबीको दरले १ वर्षसम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा ४ सय  मा १५ दिनका लागि ६० जिबी प्याक लिन सकिन्छ । 

    होम ब्रोडब्यान्ड प्रिमियमअन्तर्गत  १ हजार २ सय रुपैयाँ मा १२० जिबी प्याक ३० दिनका लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि  १३ हजार ५ सय रुपैयाँ मा १ हजार ४ सय ४० जिबी प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १ सय २० जिबीको दरले १ वर्षसम्म प्रयोग गर्न सकिन्छ ।

    यी दुवैमा एड अन प्याकको रुपमा ६ सय मा १५ दिनका लागि १ सय २० जिबी प्याक लिन सकिन्छ । सरकारी संस्था प्याकेजमा ३ हजार ६ सय ५० रुपैयाँ र २ हजार १ सय  मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेज उपलब्ध छन् । 

    यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिकरुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको व्यवस्था छ ।  

    हाल देशका अधिकांश स्थानमा फोरजी सेवा पुगिसकेको र घरमा वा कार्यालयमा द्रुत गतिको इन्टरनेट विभिन्न डिभाइसमार्फत चलाउन इच्छुक सेवाग्राहीको सङ्ख्या वृद्धि हुँदै गएकाले यो सेवा प्रभावकारी र आकर्षक हुने अपेक्षा गरिएको छ । 


    images
    images

    Logo