काठमाडाैं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुष मसान्तसम्म १ खर्ब ६ अर्ब ८ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । पुस समान्तसम्म २४ हजारभन्दा बढी ऋणीले पाउने गरी उक्त पुनर्कर्जा स्वीकृत भएको हो ।
ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने पुनर्कर्जा विशेषतर्फ २० जनालाई तीन अर्ब ५० करोड र साधारण पुनर्कर्जा ८२ जनालाई १० अर्ब १२ करोड रुपैयाँ स्वीकृत गरिएको हो ।
त्यस्तै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने पुनरकर्जाको आकार ९२ अर्ब ४६ करोड रहेको छ । जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ८ अर्ब १० करोड, विशेष पुनरकर्जा ८ अर्ब ७९ करोड र साधारण पुनरकर्जा ७५ अर्ब ५८ करोड रहेको छ ।
जस मध्ये लघु घरेलु तथा साना उद्यम पुनरकर्जा ९ हजार ४ सय ८६ ऋणीको लागि, विशेष पुनरकर्जा १६ सय ८७ ऋणीको लागि र साधारण पुनरकर्जा १२ हजार ९ सय ९२ ऋणीको लागि स्वीकृत गरिएको हो ।
विशेष पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई १ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने बैंक तथा वित्तीय संस्थाले ३ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन। त्यस्तै साधारण पुनरकर्जा अन्तर्गत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ३ प्रतिशत ब्याजमा कर्जा दिन्छ भने बैंक तथा वित्तीय संस्थाले ५ प्रतिशत ब्याजमा ऋणीलाई कर्जा दिन्छन।
नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म एक खर्ब ६ अर्ब आठ करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ । पुस समान्तसम्म २४ हजारभन्दा बढी ऋणीले पाउने गरी उक्त पुनर्कर्जा स्वीकृत भएको हो ।



