काठमाडौं । पकाएको चिनी र गुल्कोजलाई मह भनेर बेच्ने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट गुणस्तरहिन मह विक्री वितरण गर्ने नरेश श्रेष्ठ भन्ने नरबाहादुर श्रेष्ठलाई बिहिबार काठमाडौंको ज्याठाबाट प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यकाका विभिन्न ठाउँबाट गुणस्तरहिन मह विक्री वितरण भइरहेको छ भन्ने गोप्य सुचनाको आधारमा प्रहरी माहाशाखाको टोलीले गुणस्तरहिन मह बनाई रहेकाे अवस्थामा सात हजार किलाे गुणस्तरहिन मह बनाउन प्रयोग गरिने ७ हजार किलाे कच्चापदार्थ सहित उनलाई पक्राउ गरेको हाे ।
उनले विगत ७ बर्ष अघिदेखि गुणस्तरहिन महको विक्री वितरया गर्दै आएको प्रहरी माहाशाखाले जनाएको छ । निजले गुणस्तरहिन मह काठमाडौं भक्तपुर पोखरा लगाइतका ठाउँमा थोक तथा खुद्रा विक्री वितरण गर्दै आएका थिए ।
उक्त गुणस्तरहिन मह बनाउनका लागि उनले ३० प्रतिशत गुल्कोज ३० प्रतिशत चिनी र बाँकी ४० प्रतिशत मह बनाउन प्रयोग हुने कच्चा पदार्थ प्रयोग गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।



