काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा बैंकले १ अर्ब ७ करोड खुद नाफा गरेको छ ।
गत वर्ष यस अवधिसम्म कम्पनीको यो नाफा १ अर्ब ६ करोड रुपैयाँ रहेको थियो । शुक्रवार सार्वजनिक उक्त अवधिको वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा १.३४ प्रतिशत वृद्धि भएको हो । सञ्चालन नाफा गत वर्षभन्दा ०.३४ प्रतिशत कम १ अर्ब ५० करोड रुपैयाँ भएको छ ।
उक्त अवधिसम्म कम्पनीको वितरणयोग्य नाफा भने ५७ करोड ८२ लाख रुपैयाँ छ । यस वर्ष १७ प्रतिशत बोनस शेयर वितरण गरी चुक्तापूँजी ११ अर्ब ३२ करोड ७३ लाख रुपैयाँ पुर्याएको कम्पनीको जगेडा कोष रकम ३ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ छ भने रिटेन्ड अर्निगमा ५७ करोड ८२ लाख रुपैयाँ छ ।
गत वर्षभन्दा यस वर्ष बैंकले १२.५४ प्रतिशत बढी १ खर्ब ४४ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने १४.१३ प्रतिशत बढी १ खर्ब ३५ अर्ब ८९ करोड ३२ लाख रुपैयाँकर्जा प्रवाह गरेको छ ।
निष्क्रिय कर्जा गत वर्ष ०.५८ प्रतिशत रहेकोमा यस वर्ष ०.३१ प्रतिशतमा झरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १९.२ र प्रतिशेयर नेटवर्थ १४०.०२ रहेको छ ।



