images
images

कर्पोरेट डेभलपमेन्ट बैंकको १ सय ५० प्रतिशत हकप्रदमा आवेदन खुला


  • 348
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    कर्पोरेट डेभलपमेन्ट बैंकको १ सय ५० प्रतिशत हकप्रदमा आवेदन खुला

    काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आज माघ ७ गतेबाट आफ्ना सेयरधनीहरुका लागि १ सय ५० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। 

    बैंकले चुक्तापुँजी २० करोड रुपैयाँको १ः१.५ अनुपातमा हकप्रद जारी गरेको हो। बैंकले १ सय रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता हकप्रद जारी गरेको छ।
    कर्पोरेट डेभलपमेन्ट बैंकको यो हकप्रदमा आउँदो माघ २७ गतेसम्म आवेदन दिन पाइनेछ।  

    यो हकप्रदमा सेयरधनीहरुले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्। 
     
    हकप्रद निष्कासन प्रयोजनार्थ बैंकले यही पुस २६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ।   पुस २५ गतेसम्म कायम  रहेका सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन पाउनेछन् ।

    हकप्रद बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ। यो हकप्रदलाई नेपाल धितोपत्र बोर्डले गत पुस १ गते निष्कासन अनुमति दिएको थियो।


    images
    images

    Logo