images
images

सिद्धार्थ बैंकको नाफामा छलाङ, निष्क्रिय कर्जामा उच्च सुधार


  • 1.3K
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    सिद्धार्थ बैंकको नाफामा छलाङ, निष्क्रिय कर्जामा उच्च सुधार

    काठमाडौं । सिद्धार्थ बैंकले नाफामा छलाङ मारेको छ । चालु आर्थिक वर्षको ६ महिनामा बैंकले १ अर्ब ५७ करोड नाफा कमाएको छ । सो नाफा अघिल्लो वर्षभन्दा ७१.६८ प्रतिशत बढी हो । अघिल्लो वर्ष सो बैंकले ९१ करोड ८७ लाख रुपैयाँ नाफा कमाएको थियो ।  

    पुस मसान्तमा सो बैंकले १ खर्ब ८८ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी १ खर्ब ७६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    बैंकको ब्याज र कमिसन गरी दुवै आम्दानीमा राम्रो सुधार गरेको छ । बैंक यो अवधिमा ३ अर्ब रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५३ करोड थियो । 

    त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले ६१ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४८ करोड मात्रै थियो । 

    यो अवधिमा बैंकले इम्पेरिमेन्ट चार्ज शीर्षक धेरै रकम छुट्याउनु परेको छैन । अघिल्लो वर्ष ७ करोड ६ लाख छुट्याएको बैंकले यो अवधिमा यही शीर्षकमा ७ करोड ११ लाख रुपैयाँ छुट्याएको छ । 

    बैंकले अहिले कमाएको नाफा प्रतिशेयर २५.१२ रुपैयाँ हो । अघिल्लो वर्ष यो १४.७१ रुपैयाँ थियो । बैंकको निष्क्रिय कर्जा यो वर्ष १.९१ बाट घटेर ०.३७ प्रतिशतमा झरेको छ ।


    images
    images

    Logo