images
images

समुद्रभित्र समस्या आउँदा इन्टरनेट सेवा प्रभावित भयो : आईस्पान


  • 348
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    समुद्रभित्र समस्या आउँदा इन्टरनेट सेवा प्रभावित भयो : आईस्पान

    काठमाडौं । समुद्रभित्र समस्या आउँदा इन्टरनेट सेवा प्रभावित भएको छ । इन्टरनेट सेवा प्रवाह गर्ने समुद्र मुनिका समरिन केबलहरुमा विगत केही दिनदेखि  समस्या आएका कारण इन्टरनेट सेवा प्रभावित भएको हो । 

    अपस्ट्रिम प्रदायकका अनुसार मुम्बइ खाडिमार्गको उप(समुन्द्री भागको समरिन केबलहरुमा समस्या देखिएका कारण इन्टरनेट ट्राफिकमा असर परेको इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आइस्पान) ले जनाएकाे छ । 

    अपस्ट्रिम प्रदायकहरुले हालको अवस्थामा वैकल्पिक मार्गहरु प्रयोग गरिरहेका छन् । त्यसकारण इन्टरनेट सेवामा विलम्बता बढ्ने तथा प्याकेट ड्रप पनि हुनसक्ने भएकोले गर्दा इन्टरनेट सेवा प्रभावित हुने आइस्पानले जनाएको छ । 

    अपस्ट्रिम प्रदायकहरुका अनुसार मर्मत केवल जहाज, पानीमा मौसमको अवस्था मर्मत कार्यका लागि अनुमति लिने जस्ता निर्भरताहरुका कारणले गर्दा यी समस्या समाधान गर्न  केही हप्ता लाग्न सक्ने आइस्पानका सीईओ सुभास खड्काले बताएका छन् ।


    images
    images

    Logo