images
images

ग्लोबल आईएमई दोस्रो त्रैमासको सर्वाधिक कमाउने बैंक, कसरी बढ्यो नाफा ?


  • 750
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    ग्लोबल आईएमई दोस्रो त्रैमासको सर्वाधिक कमाउने बैंक, कसरी बढ्यो नाफा ?

    काठमाडौं । ग्लोबल आईएमई बैंकले २ अर्ब ६६ करोड नाफासहित यो त्रैमासमा आफूलाई सबैभन्दा धेरै नाफा कमाउने बैंकको सूचीमा दर्ज गरेको छ । केही बैंकको वित्तीय विवरण आउन बाँकी छ । यद्यपि सो बैंकले १५ प्रतिशत नाफा बढाएको छ । अघिल्लो वर्ष सो बैंकले २ अर्ब ३१ करोड नाफा कमाएको थियो ।  

    पुस मसान्तमा सो बैंकले २ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी २ खर्ब ५६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    बैंकको नाफा बढे पनि यो वर्ष ब्याज आम्दानी र कमिसन आम्दानीमा खासै वृद्धि देखिएको छैन । बैंकले ४ अर्ब ७९ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ७७ करोड मात्रै थियो । 

    त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले ९१ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ८० करोड रहेको थियो । 
    इम्पेरिमेन्ट चार्जतर्फ अघिल्लो वर्ष २९ करोड ७८ लाख छुट्याएकोमा यो वर्ष १० करोड ४० लाख रुपैयाँ मात्रै छुट्याउनु परेको छ । यसले नाफामा वृद्धि गरेको हो । 

    बैंकले अहिले कमाएको नाफा प्रतिशेयर २२.२९ रुपैयाँ हो । अघिल्लो वर्ष यो २१.४० रुपैयाँको हाराहारीमा थियो । बैंकको निष्क्रिय कर्जा यो वर्ष १.१३ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष १.७२ प्रतिशत थियो । 

    अघिल्लो पटक ग्लोबल आईएमईसँग प्रतिस्पर्धामा नबिल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एनआईशी एशिया बैंक थिए । यसपटक जबिल र राष्ट्रिय वाणिज्य बैंकलाई यसले नाफामा उछिनेको छ । एनआईसी एशियाको नाफा २ अर्ब ४० करोड रहेको छ । 


    images
    images

    Logo