काठमाडौं । सिटिजन्स बैंक नाफा ४१.६० प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा सो बैंकको नाफा १ अर्ब २३ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो ८७ करोड रुपैयाँ थियो ।
पुस मसान्तमा सो बैंकले १ खर्ब ४१ करोड रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी १ खर्ब २७ रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
नाफा बढ्नुमा बैंकको ब्याज आम्दानी सुधार र निष्क्रिय कर्जा मात्रामा कमी आउनु प्रमुख कारण रहेको छ ।
यो अवधिमा बैंकले २ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ६१ करोड मात्रै थियो ।
त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले ४८ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ३४ करोड रहेको थियो ।
इम्पेरिमन्ट चार्जतर्फ अघिल्लो वर्ष १६ करोड ७१ लाख छुट्याएकोमा यो वर्ष ७ करोड २३ लाख रुपैयाँ मात्रै छुट्याउनु परेको छ । यसले नाफामा दबाब दिएको हो ।
बैंकले अहिले कमाएको नाफा प्रतिशेयर १७.४५ रुपैयाँ हो । अघिल्लो वर्ष यो १७.८३ रुपैयाँको हाराहारीमा थियो । बैंकको खराब कर्जा यो वर्ष १.८७ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष २.४२ प्रतिशत थियो ।



