काठमाडौं । निष्क्रिय कर्जाको सुधारले सेञ्चुरीको नाफामा उच्च वृद्धि देखिएको छ । आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासमा सो बैंकको नाफा ७२ करोड २१ लाख रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो ४६ करोड ६५ लाख रुपैयाँ थियो । अहिलेको वृद्धि झन्डै ५५ प्रतिशत हो ।
पुस मसान्तमा सो बैंकले ९२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
बैंकले यो वर्ष खुद ब्याज आम्दानी सामान्य मात्रै सुधार गरेको छ । यो अवधिमा बैंकले १ अर्ब २९ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब २१ करोड थियो ।
त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले २५ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २१ करोड थियो ।
सो बैंकको निष्क्रिय कर्जा अनुपात बढेर १.३१ प्रतिशत झरेको छ । यद्यपि इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकम फिर्ता भएका कारण बैंकको नाफा वृद्धि सम्भव भएको हो । अघिल्लो वर्ष बैंकले यो कोषमा १० करोड छुट्याएको बैंकले यो वर्ष ३२ करोड फिर्ता आएको छ । इम्पेरिमन्ट चार्ज शीर्षकमै ४२ करोड रुपैयाँ सकारात्मक देखिएपछि नाफामा उच्च सुधार देखिएको हो ।
बैंकले अहिले कमाएको नाफा प्रतिशेयर १५.१२ रुपैयाँ हो । अघिल्लो वर्ष यो १०.३३ रुपैयाँको थियो ।



