images
images

साढे १३ अर्ब पुनर्कर्जा स्वीकृत, सबभन्दा बढी पर्यटन क्षेत्रमा, कुन  क्षेत्रमा कति ?


  • 315
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    साढे १३ अर्ब पुनर्कर्जा स्वीकृत, सबभन्दा बढी पर्यटन क्षेत्रमा, कुन  क्षेत्रमा कति ?

    काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रले सर्वाधिक पुनर्कर्जा प्राप्त गरेको छ । नेपाल राष्ट्र  बैंकको  तथ्याङ्कमा चालू आर्थिक वर्षको पुष मसान्तसम्ममा स्वीकृत गरिएको पुनर्कर्जा सबैभन्दा बढी पर्यटन क्षेत्रमा देखिएको हो । 

    पुष मसान्तसम्म स्वीकृत पुनर्कर्जा १३ अर्ब ६१ करोड ५१ लाख रुपैयाँमध्ये पर्यटन क्षेत्रका लागि झन्डै आधा अर्थात् ४९.८९ प्रतिशत  रकम गएको छ । रकमका आधारमा हेर्ने हो भने पर्यटन क्षेत्रका लागि ६७९.२२ करोड रुपैयाँ पुनर्कर्जा रकम स्वीकृत भएको छ । यस्तै  दोस्रोमा जलविद्युत् क्षेत्र रहेको छ जसमा २३.८० प्रतिशत पुनर्कर्जा रकम स्वीकृत भएको छ । 

    यस क्षेत्रका लागि ३२४.०५ करोड रुपियाँ पुनर्कर्जा रकम स्वीकृत भएको छ । उत्पादनमूलक  क्षेत्रका लागि  ८.८४ प्रतिशत, शिक्षा क्षेत्रका लागि ६.२८ प्रतिशत,  अस्पताल  क्षेत्रका  लागि ५.०५ प्रतिशत, निर्माण क्षेत्रका लागि २.४८ प्रतिशत, खाद्य उत्पादनका लागि १.४७ प्रतिशत, यातायातका लागि १.१२ प्रतिशत, व्यापारका लागि ०.६८ प्रतिशत र कपडाका लागि ०.४० प्रतिशत पुनर्कर्जा रकम स्वीकृत भएको छ । 

    उत्पादनमूलक क्षेत्रका लागि १२०.२९ करोड,  शिक्षा क्षेत्रका लागि ८५.४९ करोड, अस्पताल क्षेत्रका लागि ६८.७० करोड, निर्माण क्षेत्रका लागि  ३३.७५ करोड, खाद्य उत्पादनका लागि २०.०० करोड, यातायातका लागि १५.२२ करोड, व्यापारका  लागि  ९.३२ करोड र कपडाका लागि ५.४७ करोड रुपैयाँ पुनर्कर्जा रकम स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ । 

    प्रदेशगत   आधारमा   हेर्दा   बागमती   प्रदेशमा सर्वाधिक ५२.१५ प्रतिशत पुनर्कर्जा रकम स्वीकृत भएको छ भने गण्डकीमा १८.२४  प्रतिशत, लुम्बिनीमा १३.०४ प्रतिशत, प्रदेश १ मा १२.२२ प्रतिशत, मधेस प्रदेशमा ३.६२ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम  प्रदेशमा  ०.७२ प्रतिशत रकम स्वीकृत भएको छ । गाेरखापत्र दैनिकबाट 


    images
    images

    Logo