images
images

निष्क्रिय कर्जाको दबाबबीच माछापुच्छ्रे बैंकले नाफामा मार्यो छलाङ


  • 1.1K
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    निष्क्रिय कर्जाको दबाबबीच माछापुच्छ्रे बैंकले  नाफामा मार्यो छलाङ

    काठमाडौं । निष्क्रिय कर्जा बढेर अधिकांश बैंकको नाफा वृद्धिमा रुकावट आएको बेला माछापुच्छ्रे बैंकले नाफामा नयाँ छलाङ मारेको छ । आर्थिक वर्ष २०७८÷७९ को दोस्रो त्रैमासमा सो बैंकको नाफा १ अर्ब १ करोड रुपैयाँ नाफा कमाएको हो । अघिल्लो वर्ष यस्तो ८० करोड रुपैयाँ थियो । अहिलेको वृद्धि झन्डै २६ प्रतिशत हो ।

    पुस मसान्तमा सो बैंकले १ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी निक्षेप संकलन गरी १ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

    बैंकले यो वर्ष खुद ब्याज आम्दानी सामान्य मात्रै सुधार गरेको छ । यो अवधिमा बैंकले २ अर्ब ८८ करोड रुपैयाँ बराबरको खुद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ५४ करोड मात्रै थियो । 

    त्यस्तै, कमिसन आम्दानीतर्फ बैंकले ६३ करोड आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५५ करोड थियो ।

    सो बैंकको निष्क्रिय कर्जा अनुपात बढेर ०.८७ प्रतिशत पुगेको छ । यद्यपि इम्पेरिमेन्ट चार्जमा छुट्याउनुपर्ने रकम कम भएका कारण बैंकको नाफा वृद्धि सम्भव भएको हो । अघिल्लो वर्ष बैंकले यो कोषमा ८ करोड ८७ लाख छुट्याएको बैंकले यो वर्ष ८ करोड ७० लाख मात्रै छुट्याएको छ । 

    बैंकले अहिले कमाएको नाफा प्रतिशेयर १९.७१ रुपैयाँ हो । अघिल्लो वर्ष यो १५.६५ रुपैयाँको थियो । पुँजी वृद्धिका बाबजुद बैंकले प्रतिशेयर आम्दानीमा सुधार गरेको हो । 


    images
    images

    Logo