काठमाडौं । चर्चित उद्योगी लक्ष्मीदास मानन्धरको निधन भएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनका अध्यक्ष समेत रहेका मानन्धरकाे ९३ वर्षको उमेरमा बिहीबार राती निधन भएकाे हाे । उनमा पछिल्लो कोरोना संक्रमण देखिएकाे थियाे ।
उद्योगी मानन्धरलाई केही दिनयता आएको ज्वरो र खोकी कम नभएपछि बिहीबार बेलुका ह्याम्स अस्पताल लगिएको थियो । १९८५ मंसिर ४ मा उनकाे जन्म भएकाे थियाे ।