images
images

काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोर बिजोर प्रणाली लागू


  • 574
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि जोर बिजोर प्रणाली लागू

    काठमाडौं । शुक्रबार राति १२ बजेदेखि सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने भएको छ ।  कोरोना संक्रमण रोकथाम गर्ने उद्देश्यले काठमाडौं उपत्यकामा जोरबिजोर प्रणाली लागू गरिएको हो ।

    काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको संयुक्त बैठकले शुक्रबार राति १२ बजेदेखि सवारी साधनहरुमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरेको छ ।

    बैठकपछि ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले स्माट लकडाउनको कार्यविधिअनुसार सार्वजनिक र निजी सवारी साधनहरुमा जोर बिजोर लागू गरिएको जानकारी दिए । 

    उनका अनुसार अब जोर गते जोर नम्बरका र बिजोर गते बिजोर नम्बरका सवारी साधन सन्चालन गर्नुपर्ने छ ।


    images
    images

    Logo