images
images

सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने मन्त्री यादवलाई  बर्खास्त गर्न माग


  • 332
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने मन्त्री  यादवलाई  बर्खास्त गर्न माग

     काठमाडौं। सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने मन्त्री रेणुलाई  बर्खास्त गर्न माग गरेको छ । जनमत पार्टीले अध्यक्ष सीके राउतलाई ज्‍यान मार्ने धम्की दिने भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई बर्खास्त गर्न माग गरेको हो ।

    पार्टीका उपाध्यक्ष ई. दीपक कुमार साहले बिहीबार विज्ञप्ति जारी गर्दै रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति आपत्ती जनाउँदै बर्खास्त गर्न माग गरेका हुन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘२०७८ माघ ५ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री श्रीमती रेणु यादवले रौतहटको गौरको एउटा सभामा दिएको अभिव्यक्तिप्रति हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ। आपराधिक अभिव्यक्ति दिने, हत्या-हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षड्यन्त्र रच्ने सो मन्त्रीलाई अविलम्ब बरखास्त गर्नु पर्दछ।

    साथै पार्टीले गौर नरसंहारका फरार अभियुक्तहरूलाई तत्काल् पक्राउ गर्न मागसमेत गरेको छ ।

    बलिदानी दिवस मनाउन गौर पुगेकी भौतिक पूर्वाधार तथा यातायातमन्त्री  जनता समाजवादी पार्टीकी नेता समेत रहेकी यादवले जनमत पार्टीका अध्यक्ष सीके राउतलाई आफूहरुसँग टकराए मारिने सक्ने धम्की दिएकी थिइन् ।

    ७ चैत २०६३ मा राइसमिलमा तत्कालीन मधेसी जनअधिकार फोरम र माओवादीले छुट्टैछुट्टै कार्यक्रम राखेका थिए । त्यसक्रममा भएको हिंसात्मक घटनामा तत्कालीन नेकपा माओवादीका २८ कार्यकर्ताको हत्या भएको थियो ।


    images
    images

    Logo