काठमाडौं। काठमाडौं उपत्यकामा एकै दिन ६ हजार ९ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ५ हजार १, ललितपुरमा १ हजार १ सय ३० र भक्तपुरमा ८ सय ५० जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा थप १२ हजार ३ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो एकै दिनमा पुष्टि भएको हालसम्मकै सबभन्दा धेरै संक्रिमत संख्या हो ।