images
images

दुई कम्पनीलाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, कुनको कति ?


  • 1.1K
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    दुई कम्पनीलाई हकप्रद निष्कासन गर्न धितोपत्र बोर्डको अनुमति, कुनको कति ?

    काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुई वटा निर्जीबन बीमा कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि अनुमति दिएको छ ।

    बोर्डले शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्स कम्पनीलाई हकप्रद शेयर निष्काशनको लागि अनुमति दिएको  छ ।

    शिखर इन्स्योरेन्सले प्रति कित्ता १ सय रुपैयाँको दरले ५२ करोड ७५ लाख ५७ हजार २ सय रुपैयाँको ५२ लाख ७५ हजार ५७२ कित्ता सेयर निष्काशन गर्न लागेको छ । १०ः३ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको कम्पनीको बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ ।

    यस्तै आइएमई जनरल इन्स्योरेन्सले ४६ करोड ३० लाख ३४ हजार ४०० रुपैयाँको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको छ । त्यसको लागि  कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

    ५ महिनापछि अध्यक्ष नै नभएपनि आइपीओ, हकप्रद तथा प्राथमिक शेयर निष्काशनको अनुमति दिएको छ ।

    पछिल्लो समय सार्वजनिक निष्काशन बोर्डले रोक्न नहुने भन्दै स्वतन्त्र उर्जा उत्पादक संघ लगायतले विरोध जनाउन थालेपछि बोर्डले अनुमित दिन थालेको छ ।

     


    images
    images

    Logo