काठमाडौं । लोक सेवा आयोगले कोरोना संक्रमण बढेपछि लिखित परीक्षाहरु माघ मसान्तसम्म स्थगित गरेको छ ।
सूचना अधिकारी देवी प्रसाद सुवेदीका अनुसार माघ ११ गतेदेखि उपसचिवको परीक्षा तय भएको थियो । संगठित संस्थाका परीक्षाहरु पनि यही बिचमा तय भएका थिए । ती परीक्षाहरु हाललाई स्थगित भएका छन् ।
देशभर कोरोना संक्रमणको दर बढेपछि र लोक सेवा आयोगका कर्मचारीहरुमै पनि संक्रमण पुष्टि भएपछि आयोग परीक्षा स्थगित गर्नुपर्ने दबावमा थियो ।
लिखित बाहेकका अन्य पूर्वनिर्धारित कार्यहरु भने यथावत रुपमा सञ्चालन हुने आयोगको भनाइ छ।
