images
images

४ कम्पनीका १ करोड ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत


  • 846
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    ४ कम्पनीका १ करोड ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । ४ कम्पनीका १ करोड ३४ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज ले माछापुच्छ्रे बैंक, आशा लघुवित्त, साधना लघुवित्त र गुराँस लघुवित्तको शेयर सूचीकृत भएको जनाएको हो । 

    त्यसमध्ये माछापुच्छ्रे बैंकको १ करोड २० लाख ४० हजार ६ सय १० कित्ता बोनस शेयर सूचीकृत भएको छ। त्यस्तै, आशा लघुवित्तको ६ लाख ६७ हजार ८ सय २८ कित्ता, साधना लघुवित्तको ६ लाख ४२ हजार ४ सय ५१ कित्ता र गुराँस लघुवित्तको १ लाख ४१ हजार कित्ता बोनस सेयर सूचीकृत भएका छन्। 

    माछापुच्छ्रे बैंकले चालु वर्षमा शेयरधनीहरुलाई १३.३० प्रतिशत बोनस शेयर दिने जनाएको थियो । आशाले २५ प्रतिशत, साधनाले २५ प्रतिशत र गुराँसले १६.९० प्रतिशत बोनस शेयर दिने घोषणा गरेका थिए ।


    images
    images

    Logo