images
images

६ लघुवित्तको लाभांश घोषणा अझै भएन, कुन कुन कम्पनीको बाँकी ?


  • 348
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    ६ लघुवित्तको लाभांश घोषणा अझै भएन, कुन कुन कम्पनीको बाँकी ?

    काठमाडौं । नेप्सेमा सूचीकृत ५१ ओटा लघुवित्त कम्पनीमध्ये ६ ओटा लघुवित्तले लाभांश घोषणा गर्न बाँकी रहेका छन् । चालू आर्थिक वर्षको ६ महीना बितिसक्दा पनि लाभांश घोषणा गरेको छैनन् ।

    जीवन विकास लघुवित्त, समाज लघुवित्त, आरम्भ चौतारी लघुवित्त, ग्रामीण विकास लघुवित्त, नेपाल सेवा लघुवित्त  र नयाँ सारथि लघुवित्ते लाभांश घोषणा गर्न बाँकी रहेका छन् । 

    नेपाल सेवा लघुवित्त र विन लघुवित्त मर्जरमा गएपछि एकीकृत कारोबार शुरु गरी विन नेपाल लघुवित्तको नामबाट मंगलवार शेयर सूचीकृत गराएको छ । मर्जरका कारण रोक्का भएको कम्पनीको शेयर बुधवार फुकुवा भएको हो । कम्पनीको शेयर कारोबार फुकुवा भएपनि खरीदविक्री भने भएको छैन । 

    हाल सम्ममा ४२ ओटा कम्पनीले लाभांश घोषणा गरे भने ३ ओटा कम्पनीले लाभांश घोषणा नै नगरी साधारण सभा सम्पन्न गरिसकेका छन् । सामुदायिक लघुवित्त, घोडाघोडी लघुवित्त र माुनषी लघुवित्त लाभांश नदिईकन साधारण सभा सम्पन्न गरेका हुन् । 

    गत आवको मुनाफाबाट लाभांश घोषणा गरेका ४२ ओटा कम्पनीमध्ये सबैभन्दा बढी महिला लघुवित्तले कुल ५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।कम्पनीले ४७.५ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश गरी कुल ५० प्रतिशत लाभांश घोषणा गरेको हो । 

    कम्पनीले उक्त लाभांश साधारण सभाबाट पारित गरिसकेको छ । त्यसैगरी सबैभन्दा कम लाभांश एनएआईसी एशिया लघुवित्तको रहेको छ । कम्पनीले ५.४१५ प्रतिशत लाभांश घोषणा गरेको हो ।


    images
    images

    Logo