काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज परिसुचक (नेप्से) ३२.९६ अंकले बढेको छ । यस साताको अन्तिम दिन नेप्से सो बराबर बढ्न आउदाँ २ हजार ९ सय ३१ दशमलव २६ प्रतिशतले बढेको थियो । आज सुचक बढेपनि कारोबार रकममा भने गिराबट आएको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार बिहीबार २ सय २० कम्पनीको ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको १ करोड ५९ लाख कित्ता शेयर किनबेच भएको छ । आज कारोबार आएका १३ समुहको परिसुचक मध्य २ समुहको परिसुचक राताम्मे भएको छ भने ११ समुहको परिसुचक हरियाली छाएको छ ।
उच्च अंकले बढेको बजारमा आज ३ कम्पनीको शेयर मुल्य बढेको छ । मैलुङखोला जलबिद्युत र तेह्रथुम पाबर शेयर मुल्य १० प्रतिशतले बढेको छ भने बुद्धभूमि हाइड्रोपाबरका शेयर मुल्य करिब १० प्रतिशतले बढेको छ ।