काठमाडौं । प्रस्तावित हकप्रद शेयर निष्कासनको अनुमति पाएसँगै आईएमई जनरल इन्स्योरेन्स (आईजीआई) र शिखर इन्स्योरेन्सको कारोबारमा उछाल आएको छ । साताको अन्तिम दिन बिहीबार आईजीआईको २२ करोड २० लाख रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, शिखर इन्स्योरेन्सको १७ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ । यी दुई कम्पनीहरु लाको समयदेखि हकप्रद शेयर निष्कासन अनुमतिको प्रतीक्षामा थिए । बोर्डमा अध्यक्ष नहुँदा यो प्रक्रिया रोकिएको थियो । अहिले निरज गिरीले कार्यबाहक अध्यक्षको जिम्मवारी पाएसँगै यो प्रक्रिया अघि बढेको हो ।
बोर्डले हकप्रद विस्काषनको स्वीकृति दिए पनि यससम्बन्धी आधिकारिक सूचना भने अझै प्रकाशित गरेको छैन । यद्यपि बोर्डले सञ्चारमाध्यमलाई भने बुधबार नै हकप्रदलाई स्वीकृति दिएको जनाएको छ । नेपालअर्थसँगको कुराकानीमा पनि बोर्डकी हकायक प्रवक्ता दीपा दाहालले बुधबार ५ वटा कम्पनीको आईपीअाे र यी दुई कम्पनीको हकप्रद शेयर निष्कासनको अनुमति दिएको बताइन् । यद्यपि बजारका लागि सञ्चारमाध्यमको सूचना आधिकारिक मानिँदैन



