images
images

निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि जारी गर्याे २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड 


  • 312
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि जारी गर्याे २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड 

    काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड जारी गरेको छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि २१ बुँदे स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य गरेको हो । 

    कोभिड–१९ महामारीको संक्रमण बढ्दै गएको विद्यमान अवस्थालाई मध्यनजर गर्दै आयोगले स्वास्थ्य मापदण्ड लागू गरेको हो । आयोगले बिहीबार विज्ञप्तिमार्फत दिएको जानकारीअनुसार मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबै मतदाता, मतदान कर्मचारी, उम्मेदवार, दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा स्वयंसेवक लगायतसरोकारवालाले मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । 

     आयोगको निर्देशनअनुसार मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्न अनुमति पाएका सबै व्यक्तिले पूर्ण खोप लगाएको प्रमाण देखाउनुपर्नेछ भने अनिवार्य रुपमा मास्क पनि लगाउनुपर्नेछ । मतदान स्थल तथा मतदान केन्द्रमा प्रवेश गर्नुअघि अनिवार्य रूपमा साबुन पानीले हात धुने र स्यानिटाइजर प्रयोग गर्ने व्यवस्था समेत गर्न आयोगले निर्देशन दिएको छ । 

     


    images
    images

    Logo