काठमाडौं । मौसमका कारण जहाज समयमै अवतरण हुन नसक्दा यात्रु आकाशमै बेहोस भएका छन् । काठमाडौंबाट नेपालगञ्ज उडेको बुद्ध एयरको जहाजमा एक यात्रु बेहोस भएका हुन् ।
बुद्ध एयरका अनुसार काठमाडौंबाट ७ः४४ मा उडेको जहाज निर्धारित समयअनुसार ८ः४४ मा अवतरण हुनुपर्ने थियो ।
तर, नेपालगञ्ज विमानस्थलको मौसम प्रतिकुल नभएपछि जहाज होल्डमा पर्यो । यो जहाज बिहान ९ः१८ मा अवतरण भएको थियो । सो क्रममा एक महिला यात्रु बेहोस भेटिएको र उनलाइ बुद्ध एयरको एम्बुलेन्सबाटै नेपाल आर्मीको अस्पतालमा लगिएको थियो । जहाजमा ६९ जना यात्रु थिए ।