काठमाडौं । सुनचाँदी बजारमा आज १ हजारले सुनको मूल्य बढेको छ । छापावाल सुन आज प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको हो ।
अघिल्लो दिन प्रतितोला ९२ हजार ७ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज १ हजार रुपैयाँले बढेर र प्रतितोला ९३ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९३ हजार २ सय रुपैयाँमा कारोबार भएको छ । त्यसैगरी चाँदीको मुल्य प्रतितोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भएको संघले जनाएको छ ।