images
images

कर्मचारीमा संक्रमण फैलिएपछि राहदानी विभागको सेवा बन्द, अत्यावश्यक र बिरामीलाई मात्र सेवा दिने


  • 258
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    कर्मचारीमा संक्रमण फैलिएपछि राहदानी विभागको सेवा बन्द, अत्यावश्यक र बिरामीलाई मात्र सेवा दिने

    काठमाडौं। कोभिड संक्रमण फैलिएसँगै राहदानी विभागले  राहदानी सेवाहरु स्थगित गरेको छ।
    विभागले सूचना जारी गर्दै बिदेशमा उपचार गर्न जानैपर्ने जस्ता गम्भीर प्रकृतिका अत्यावश्यक सेवा बाहेक अन्यका लागि राहदानी जारी गर्ने काम रोकेको जनाएको छ।

    विभागका अनुसार कोभिड(१९ सम्बन्धी नेपाल सरकारको निर्णयका साथै राहदानी विभागका कर्मचारीहरुमा व्यापक रुपमा कोरोना भाइरसको संक्रमण फैलिएका कारण बिभागको राहदानी सम्बन्धी सेवा स्थगित गरिएको हो।

    विभागले यसअघि जारी गरेको बुकिङ तथा टोकन समेत हाललाई स्थगन गरिएको सूचनामा उल्लेख छ।

    अवस्था सामान्य भएपछि पहिले पाएको बुकिङको प्राथमिकताको आधारमा सेवा सुचारु गरिने पनि विभागले जनाएको छ।


    images
    images

    Logo