images
images

अन्नपुर्ण आधार शिविरमा धारा बराहको मन्दिर बन्ने


  • 313
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    अन्नपुर्ण आधार  शिविरमा धारा बराहको मन्दिर बन्ने

    गण्डकी । पदयात्राका क्षेत्रमा विश्वकै १० उत्कृष्ट गन्तव्यमध्येको अन्नपूर्ण आधार शिविर (एविसि) को पदयात्रा मार्गस्थित पूजनीयम् १०८ धारा बराहको मन्दिर बन्ने भएको छ ।
     
    पदयात्रा मार्गको दोभान र हिमालयको बीचमा पर्ने २ हजार ८ सय  मिटरको उचाइ रहेको स्थलमा अवस्थित पूजनीयम् बराहलाई प्राचीनकालदेखि यस क्षेत्रका बासिन्दाले आराध्यदेवका रुपमा पूजाआजा गर्ने गरेका छन् ।

    पूजनीयम् १०८ धारा बराहप्रति परापूर्वकालदेखि नै विशेष आस्था रहेको र अन्नपूर्ण आधार शिविरमा पदयात्रा गर्नेलाई यिनै बराहले रक्षा गर्ने गरेको विश्वास कायमै रहेको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव एवं निर्माण समितिका सचिव दिलीप गुरुङले जानकारी दिए । 

    पदयात्री अन्नपूर्ण आधार शिविर जाँदा र फर्कदा होस् वा हिमाल चढ्न जाँदा र फर्कदा होस् बराहको दर्शन गर्ने गरेको जनाउँदै उहाँले यस क्षेत्रको संरक्षणमा बराहको विशेष योगदान रहेको जनविश्वास कायमै रहेको बताए । 

    महत्वपूर्ण आस्था विश्वास रहेकै कारण मन्दिर निर्माणका लागि सहयोेग जुट्ने अपेक्षा गरिएको निर्माण समितिका अध्यक्ष जगनरास गुरुङले बताए । 

    मन्दिर निर्माणका लागि अन्नपूर्ण गाउँपालिकाले वडामार्फत १० लाख रुपैयाँ  विनियोजन गरिसकेको छ । सबैको साथ र सहयोगमा आकर्षक मन्दिर तयार गरी पदयात्रालाई धार्मिक पर्यटनसँग पनि जोड्ने लक्ष्य राखिएको उनले बताए । 


    images
    images

    Logo