काठमाडौं । मौसम र भिजिविलिटी (पारदर्शिता) कम भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट हुने आन्तरिक उडान प्रभावित भएका छन्। बिहिबार बिहानैदेखि अधिकांश विमानस्थलको मौसम खराब हुँदा भिजिवलिटी अपुग भएर आन्तरिक उडानहरु प्रभावित बनेका हुन् ।
काठमाडौंबाट विभान्न गन्तव्यमा हुने हवाई उडान कम भिजिविलिटीका कारण प्रभावित भएका हुन् । हाल काठमाडौं, पोखरा, नेपालगञ्ज, सुर्खेत र तुम्लिङटारबाहेक अन्य विमानस्थलहरु कम भिजिविलिटीका कारण बन्द रहेका छन् ।