images
images

कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा


  • 757
    SHARES
  • २०७८ माघ ६ गते बिहीबार

    कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन बिदा

    काठमाडौं । कर्मचारीलाई पुनः कोरोना पुष्टि भए १४ दिन पुनः कोभिड बिदा पाउने भएका छन् । गत चैतमा मन्त्रिपरिषद्ले पारित गरेको कोभिड बिदासम्बन्धी व्यवस्था अहिले पनि यथावत् रहेकाले यसअघि कोभिड भएका र अहिले पुनः कोभिड भएका कर्मचारीले १४ दिन कोभिड बिदा पाउने भएका हुन् ।

    सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले गत चैतमा सरकारले गरेको निर्णय अहिले पनि यथावत् रहेकाले कर्मचारीलाई पुनः कोभिड भएमा बिदा पाउने बताए । उनले भने, “कोरोना लागेको बिरामी कार्यालयमा आएर काम गर्ने हो भने अरूलाई कोरोना सार्ने हुँदा कोरोना बिदा सम्बन्धित कर्मचारीलाई भन्दा पनि अरूका लागि दिइएको हो ।”

     उनका अनुसार सो समयमा सरकारले गरेको निर्णयमा निश्चित पटक मात्र कर्मचारीलाई कोरोना बिदा दिने नभनेकाले कर्मचारीलाई पुनः कोरोना पुष्टि भएमा बिदा पाउनेछन् । कुनै पनि व्यक्तिलाई हरेक महिना कोरोना नलाग्ने भएकाले एक पटक कोभिड हुँदा १४ दिन बिदा दिने गरी व्यवस्था गरिएको हो ।

    कोभिड सङ्क्रमणका कारण क्वारेन्टाइन, आइसोलेसन वा अस्पतालमा भर्ना भई कार्यालयमा उपस्थित हुन नसकेका कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुखले अस्पताल भर्ना भएको बेहोरा प्रमाणित गरी बढीमा १४ दिन र अस्पताल भर्ना भई बसेका कर्मचारीलाई अस्पतालमा उपचार गराउँदाको अवधिभर बिदा कायम गर्ने निर्णय भएको थियो ।गोरखापत्र दैनिकबाट


    images
    images

    Logo