काठमाडौं । दुबईमा भिजिट भिसामा गएर काम गर्नेलाई ३ महिना जेल र ३ लाख (१० हजार दिराम ) जरिवान हुने भएको छ । कामको अनुमति नलिइ अन्य देशबाट भिजिट भिसामा आएका विदेशी नागरिकहरूले काम गरेको भेटिएमा ३ महिना जेल र ३ लाख रुपैयाँ जरिवाना गरेको हो ।
दुबई पब्लिक प्रोसिक्युसनलाई उद्धृत गर्दै गल्फ न्युजका अनुसार यूएईमा विदेशी नागरिकहरूले बिना वर्क परमिट काम गर्ने पाउने छैनन्। बिना वर्क परमिट काम गर्नु यहाँको श्रम कानुनको गम्भीर उल्लङ्घन हो ।
यसरी अनुमति नलिइ काम गर्नेहरुले ३ महिना जेल र १० हजार दिराम जरिवानाको सजाय पाउन सक्ने बताएको छ । यसबाहेक अदालतले देश निकालाको आदेश पनि दिन सक्छ ।