काठमाडौं । सञ्चित नाफा शुन्यमा झरेर पेट्रोलियम पदार्थ आपूर्तिकै लागि ऋण लिनुपर्ने अवस्था आएपछि नेपाल आयल निगम स्वतन्त्र कर्मचारी युनियनले वाणिज्य सचिवलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार संघले ६ बुँदे ज्ञापनपत्र बुझाउँदै पेट्रोलियम पदार्थको लागत मूल्यका आधारमा बजारमूल्य समायोजन गर्नुपर्ने वा सरकारी करमा छुट दिनुपर्ने, एलपी ग्यासमा भ्याट छुट दिनुपर्ने, पेट्रोलियम पदार्थको मूल्य अभिवृद्धि कर फिर्ता हुने व्यवस्था गर्नुपर्ने विषय समावेश छन् ।
त्यस्तै, सबै डिपोको मूल्य एकनास गर्नुपर्ने, बाह्य हवाई इन्धनको मूल्य कलकत्ताको मूल्यभन्दा १५० देखि २०० अमेरिकी डलरसम्म बढी हुनेगरी मूल्य समायोजन गर्ने, आन्तरिक हवाइ इन्धनमा लागत मूल्यका आधारमा नाफाको प्रतिशत तोक्नुपर्ने लगायतका विषय छन् ।
त्यस्तै, निगमको पुँजीगत संरचना परिवर्तन गरेर सर्वसाधारणलाई आईपीओ जारी गर्न समेत युनियनले माग गरेको छ ।




