काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडांले सार्वजनिक स्थानमा मास्क नलगाई हिँड्डुल गर्नेहरुलाई कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका नागरिकहरुलाई १ सय रुपैयाँका दरले कारबाही गरेको हो ।
त्यस्तै, सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । उनका अनुसार मल र सुपरमार्केटलाई २५ जनाबढी भेला नगर्न नगराउन सचेत गराइएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी केसीले सबैभन्दा ठूलो र महत्वपूर्ण अनुगमन कर्ता भनेको नै नागरिक भएकोले नागरिक नै सचेत बनेर सरकारले जारी गरेका कोरोनासम्बन्धी स्वास्थ्यका मापदण्ड अपनाउन अनुरोध गरे ।