images
images

हवाई यात्रा गर्नकाे लागि  सरकारले लागू गर्‍यो नयाँ नियम, यस्ता छन् गर्नैपर्ने नियमहरु


  • 424
    SHARES
  • २०७८ माघ ५ गते बुधबार

    हवाई यात्रा गर्नकाे लागि  सरकारले लागू गर्‍यो नयाँ नियम, यस्ता छन् गर्नैपर्ने नियमहरु

    काठमाडौं । कोरोना संक्रमितको बढ्दै गएपछि सरकारले आन्तरिक हवाई यात्रा गर्दा गात्रुहरुका लागि नयाँ नियम लागू गरेको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।

    नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । यस्तै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।

    यसका साथै, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड हुन नदिने र जनस्वास्थ्यका मापदण्ड लागू गर्नुपर्ने छ ।

    यसैगरी, सम्बन्धित वायु सेवा सञ्चालकको खर्चमा यात्रुहरूको एन्टिजेन परिक्षण गरी रिपोर्ट नेगेटिभ आएमा मात्रा यात्रा गराउने मन्त्रिपरिषद्को निर्णय छ ।


    images
    images

    Logo