काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी तथा निजी ल्यावबाट हुने कोरोना परीक्षणको शुल्क घटाएको हो । नयाँ शुल्क आजैदेखि लागु भएको छ ।
सरकारी प्रयोगशालामा यसअघि पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्दै आएको थियो । यसलाई घटाएर ८ सय रुपैयाँ कायम गरिएको छ ।
त्यस्तै, निजी प्रयोगशालमा अधिकतम २ हजार रुपैयाँ शुल्क तोकिएकोमा अब यसलाई घटाएर अधिकतम १ हजार ५ सय रुपैयाँ कायम गरिएको छ ।